Government of Nepal नेपाल सरकार
कृषि तथा सहकारी मन्त्रालय
पशु सेवा विभाग
पशु सेवा तालीम तथा प्रसार निर्देशनालय
हरिहरभवन, ललितपुर
flag
Recent News :
Categories


Visitor Counter

Website counter
Welcome

पशुपक्षीपालन पेशालाई व्यवसायिककरण, विविधिकरण गरी आयमुलक तथा सम्मानित पेशाको रुपमा बिकास गरी देशको कुल राष्ट्रिय उत्पादनमा योगदान पुर्‌याउने पशु सेवा बिभागको उद्देश्य प्राप्तिमा टेवा पुर्याउन पशु सेवा तालीम तथा प्रसारका क्रृयाकलापहरुको महत्वपूर्ण भूमिका रहेकाले बिभागको स्थापनाकालदेखि नै विभिन्न तालिम तथा प्रचार प्रसार कार्यक्रमहरु सञ्चालन गरिदै आइएको छ । बि.सं. २०३७ साल कार्तिक २७ गते पशु बिकास तथा स्वास्थ्य बिभागको स्थापना हुँदा तालीम तथा प्रसार शाखाको पनि स्थापना गरिएको थियो ।

पशु सेवाको क्षेत्रमा देश भित्रै मध्यमस्तरीय जनशक्ति तयार गर्ने कार्यमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानसँग सहकार्य गर्ने र सेवारत जनशक्तिको दक्षता अभिवृद्धिको लागि उच्च शिक्षा अध्ययन तथा स्वदेशी एवं वैदेशिक तालीमको मनोनयन लगायतका प्रकृया सहजीकरण गर्ने कार्यहरु यस शाखाबाट हुँदै आएको थियो । यसका साथै पशु पालक कृषकहरु तथा फिल्डस्तरमा कार्यरत मध्यमस्तरीय प्राविधिकहरुको लागि प्राविधिक पुस्तिका, पम्पलरेट, फिलपचार्ट, फोल्डर आदि प्रचार प्रसारका सामाग्रीहरुको प्रकाशन तथा बितरणका कार्यक्रमहरु पनि संचालन गरिदै आएको पाईन्छ।

पशु सेवा क्षेत्रको संगठन पुनःसंरचनाको क्रममा बि.सं. २०४० सालमा प्रसार प्रसार तथा तालिम शाखालाई केन्द्रिय तालीम तथा प्रसार केन्द्रको नामाकरण गरियो । आ.व. २०४४/४५ सालबाट दुई क्षेत्रमा क्षेत्रीय पशु सेवा तालीम केन्द्रहरु क्रमशः जनकपुर र नेपालगंजमा स्थापना गरी कृषकहरु  फिल्ड स्तमा कार्यरत प्राविधिकहरुलाई व्यवस्थित रुपमा तालीम प्रदान गर्ने कार्यको थालनी गरियो । बि.सं. २०५२ साल श्रावण १ गतेबाट पुनःसंरचना पश्चात पशु सेवा बिभाग अन्तर्गत पांचौ क्षेत्रमा क्षेत्रीय पशु सेवा केन्द्रमा पशु सेवा तालीम महाशाखाको स्गापना गरियो भने सो तालीम महाशाखालाई बि.सं. २०५७ सालबाट पशु सेवा तालिम तथा प्रसार निर्देशनालय नामाकरण गरिएको छ ।


Notice Board


Heads

Shyam Prasad Poudel
Program Director


Buddhi Khaling
Deputy Program Director


Related Links

Copyright 2011 @ DLS Training
Powered By: Himalayan IT